काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य तीन दिनमा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ५०० रुपैयाँले बढेको सुन आज प्रतितोला ८०० रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।