काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य शुक्रवार (आज) ९०० रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ८०० रुपैयाँले बढेको सुन आज प्रतितोला ९०० रुपैयाँले घटेको हो । अघिल्लो दिन सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।