ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई दराजमा छूट

२०८० साउन, १६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दराज क्यामू प्रालिमा छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई दराजका सामानमा छूट पाउने सम्झौता भएको हो । सम्झौतापछि बैंकका कार्डवाहकले हरेक बिहीवार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा रू. ५०० सम्म छूट पाउने भएका हुन् ।

साथै बैंकबाट अगस्ट १ पछि नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा पहिलो पटक कारोबार गर्दा थप रू. १५० सम्मको भौचर प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट बैंकका कार्डवाहकलाई फाइदा पुग्नुका साथै डिजिटल प्रयोगको विकास हुने बताए ।

दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ई–कमर्स क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको भन्दै डिजिटल कारोबार थप प्रवर्द्धन गर्दै जाने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)