ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फुडमाण्डूमा रहेको टिम भेन्चर्सको शेयर विक्री

२०८० साउन, १६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । टिम भेन्चर्सले फुडमाण्डूमा रहेको आफ्नो आंशिक शेयर हिमालयन क्यापिटललाई बेचेको छ । आफूले लगानी गरेको रकमको २ गुणा बढीमा उसले आफ्नो हिस्सा छाडेको सोमवार जारी विज्ञप्तिमा उल्लेख छ । टिम भेन्चर्सले फुडमाण्डूमा सन् २०२० मा लगानी गरेको थियो । तर त्यतिबेला कति रकम लगानी गरिएको थियो भन्नेबारे भने केही खुलाइएको छैन ।

फुडमाण्डूमै सन् २०२३ मा डोल्मा इम्प्याक्ट फन्डको तर्फबाट थप ४० लाख अमेरिकी डलर लगानी गरिएको छ । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घरजग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी क्षेत्रमा लगानी गर्ने कम्पनी हो । 

फुडमाण्डू सन् २०१० मा स्थापना भएको खाद्य वितरण कम्पनी हो । उसले विभिन्न होटल तथा रेष्टुरेन्टसँगको साझेदारीमा उपभोक्तालाई खानेकुरा घरघरमा पुर्‍याउने सेवा दिइरहेको छ । हिमालयन क्यापिटल लिमिटेड हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)