काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । सोमवार सुन प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ४७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक लाख ४५० रुपैयाँमा कारोबार भएको थियो ।