काठमाडौं । टिम भेन्चर्सले फुडमाण्डूको शेयर हिमालयन क्यापिटललाई बेचेको छ । उसले आफूले लगानी गरेको रकमको २ गुणा बढीमा आफ्नो हिस्सा छाडेको सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।
टिम भेन्चर्सले फुडमाण्डूमा सन् २०२० मा लगानी गरेको थियो । तर, त्यतिबेला कति रकम लगानी गरिएको थियो भन्नेबारे केही खुलाइएको छैन । फुडमाण्डूमै सन् २०२३ मा डोल्मा इम्प्याक्ट फन्डको तर्फबाट थप ४० लाख अमेरिकी डलर लगानी गरिएको छ । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घरजग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी क्षेत्रमा लगानी गर्ने कम्पनी हो ।
फुडमाण्डू सन् २०१० मा स्थापना भएको खाद्य वितरण कम्पनी हो । उसले विभिन्न होटल तथा रेष्टुरेन्टसँगको साझेदारीमा उपभोक्तालाई खानेकुरा घरघरमा पु¥याउने सेवा दिइरहेको छ । हिमालयन क्यापिटल लिमिटेड हिमालयन बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।