ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफरमा महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड 

२०८० साउन, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । 

बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरूले निःशुल्करूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागू हुने बैंकले जानकारी दिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउने गरेको बैंकले जनाएको छ । 

बैंकको देशका ७७ जिल्लामा शाखा सञ्जाल छ । बैंकले हाल ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)