ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्ल्डलिंकको तीन वर्षको सञ्चालन नाफा २३ अर्बभन्दा बढी

२०८० साउन, १७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले तीन वर्षमा नै २३ अर्बभन्दा बढी सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले तीन वर्षमा २३ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो । 

केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष २०२० मा ६ अर्ब ५४ करोड रुपैयाँ, वित्तीय वर्ष सन् २०२१ मा ७ अर्ब ९५ करोड रुपैयाँ र वित्तीय वर्ष सन् २०२२ मा ९ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

वित्तीय वर्ष सन् २०२२ मा कम्पनीको आम्दानीको ४२ % प्रतिशत हिस्सा आईएसपी सेवामा खुद्रा ग्राहकहरूबाट र ७% आईएसपी सेवामा कर्पोरेट ग्राहकहरूबाट भएको छ । 

वर्ल्डलिंकले शृङ्खला बीको विदेशी लगानीअन्तर्गत गत मार्चमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याएको छ । कम्पनीको विदेशी लगानीबाट संकलित पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले २ अर्ब १८ करोड रुपैयाँको दीर्घकालीन कर्जा र ३ अर्ब १ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि ए र अल्पकालीन कर्जाको लागि ए टु प्लस रेटिङ दिएको छ ।

केयर रेटिङ्सका अनुसार नेपालको इन्टरनेट बजारमा वर्ल्डलिंकको बजार हिस्सा २९ प्रतिशत छ । फाइबर इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा ३० प्रतिशत छ । गत अप्रिलसम्म देशकाे ७० भन्दा बढी जिल्लाहरूमा कम्पनीका ७ लाख ७२ हजार ग्राहक छन् । कम्पनीको मुलुकभर ८८ ओटा शाखा छन् । 

कम्पनीको अध्यक्षमा तथा प्रबन्ध निर्देशकमा दिलिप अग्रवाल छन् भने कार्यकारी निर्देशकमा मनोज कुमार अग्रवाल र विजय कुमार जलन छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)