ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ईभी ओरा ०३’ किन्न: प्रभु बैंकको ८० प्रतिशतसम्म कर्जा 

२०८० साउन, १८  
शेयर / बैङ्किङ गतिविधि बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जीडब्ल्यूएमको ‘ईभी ओरा ०३’ खरीद गर्न प्रभु बैंकले कर्जा दिने भएको छ । नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता एवं वितरक भीजी इम्पेक्स र बैंकबीच ओरा ०३ को खरीदमा कर्जासम्बन्धी सम्झौता गरिएको हो । सम्झौतापत्रमा जीडब्ल्यूएम नेपालका उपाध्यक्ष रूपेश शर्मा भट्ट र प्रभु बैंकका प्रमुख व्यवसाय अधिकृत रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

ओरा ०३ खरीद गर्न चाहने ग्राहकलाई रिटेल फाइनान्सिङ, प्रतिस्पर्धी ब्याजदर र सहज कर्जा अवधि उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको बताइएको छ । 

बैंकले १२ दशमलव शून्य ६ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने भएको हो । बैंकले व्यक्ति र फर्म दुवैका लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने बताइएको छ । यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्ष रहने र विशेष अवस्थामा यो ७ वर्षसम्म बढाउन सकिने सम्झौतामा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)