काठमाडौं । अंग्रेजी चलचित्र ‘बार्बी’को काठमाडौंमा प्रिमियर गरिएको छ । एफएमएनडब्लू छात्रवृत्तिलाई रकम जुटाउन डीएम फाउन्डेसन र एफएमएनडब्लू (पूर्वमिस नेपाल)को सहकार्यमा सिभिल मलको क्यूएफएक्स सिनेमाजमा उक्त चलचित्रको प्रिमियर गरिएको हो ।
डीएम फाउन्डेसन र एफएमएनडब्लूले कोभिड–१९ बाट आमाबाबु/अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरूको पारिवारिक आर्थिक अवस्था हेरी एसईईसम्म छात्रवृत्ति दिँदै आएका छन् । हालसम्म १३ जना बालबालिकालाई छात्रवृत्तिको प्रदान गरिसकेको जनाइएको छ ।