ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुजुकीको जिम्नी र फ्रोन्क्स भर्सनका गाडी सार्वजनिक, मूल्य कति ?  

२०८० साउन, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । सुजुकी कम्पनीको जिम्नी र फ्रोन्क्स भर्सनका गाडी चितवनमा सार्वजनिक गरिएको छ । सुजुकी गाडीको चितवनका लागि आधिकारीक डिलर साध्वी इन्टरनेशनलले जिम्नी र फ्रोन्क्स सार्वजनिकसँगै टेस्ट ड्राइभ पनि शुुरु गरेको हो । 

सुजुकी ब्राण्डको चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले यी गाडीको बुकिङ गत असार २९ गतेदेखि नै खुला गरेको थियो ।

जिम्नीको शुरुआती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको साध्वी इन्टरनेशनल प्रालि चितवनका महाप्रबन्धक सुरजराज जोशीले जानकारी दिए । सुजुकी जिम्नी गाडी विश्वभर नै रुचाइएको भन्दै उनले यसलाई पर्याप्त बडी एन्गल र ग्राउण्ड क्लियरेन्सको साथ डिजाइन गरिएको बताए ।

‘द फेस अफ न्यु एसयुभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ । ‘प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्यधुनिक सुरक्षित सुविधाले नेपाली ग्राहकको माग र चाहना पूरा हुनेमा विश्वस्त छौं,’ जोशीले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)