काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको 'अनर ९० ५ जी सिरिज'को स्मार्ट फोन नेपालमा लन्च गरिएको छ । नेपालको आधिकारिक विक्रेता सेलट्रोन नेपाल प्रालिले उक्त सिरिजको स्मार्ट फोन लन्च गरेको हो ।
लन्च कार्यक्रममा सेलट्रोन नेपालका महाप्रबन्धक राहुल राठीले 'अनर ९० ५ जी' र 'अनर ९० लाइट ५ जी'को मूल्य सार्वजनिक गरे । साथै उनले स्मार्टफोनको प्रि-बुकिङ शुरु भएको घोषणा पनि गरे ।
ब्राण्ड फेस पनि सार्वजनिक
सेलट्रोन नेपालले अनर नेपालको ब्राण्ड फेस पनि खुलाएको छ । कम्पनीले डाक्टरसमेत रहेकी गायिका डा. त्रिशाला गुरुङलाई ब्रान्ड फेसको रूपमा सार्वजनिक गरेको हो।
यस्ता छन् विशेषता :
डिस्प्ले र डिजाइन
अनर ९० मा १ बिलियन रङहरू भएको 120Hz AMOLED रहेको छ । ६.७″ स्क्रिनमा १२०० x २६६४ पिक्सेलको रिजोल्युसनको साथमा 435 ppi को पिक्सेल घनत्व छ। शीर्षमा, यो 1600 nits को शिखर चमक पुग्न सक्छ। यो फोन लगभग १८३ ग्रामको छ । यसले डुअल सिम सपोर्ट गर्छ । अनर ९० नेपालमा ३ रङ (हरियो, सिल्भर र निलो) विकल्पहरूमा पाइने कम्पनीले जानकारी दिएको छ ।
मोबाइल फोनमा डिस्प्लेले कम चमक स्तरहरूमा आँखाको थकान कम गर्नको लागि 3840Hz PWM डिमिङ टेक्नोलोजीको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ। PWM डिमिङ टेक्नोलोजीले फोन प्रयोग गर्दा आँखाको तनावको मुख्य कारण डिस्प्लेको फ्लिकरिङ कम गर्ने कम्पनीको भनाइ छ ।
पर्फर्मेन्स
अनर ९० अपग्रेड गरिएको Qualcomm Snapdragon 7 Gen 1 प्रोसेसर छ । सिंगल प्राइम आर्म कोर्टेक्स-ए७१० सीपीयू कोरलाई २.४GHz बाट २.५GH सम्म बढाइएको छ । साथै (१२+२५६) जीबी र (१२+२५६) जीबी गरी दुई भेरियेन्टमा उपलब्ध छ।
क्यामेरा
अनर ९० को पछाडि दुई अलग गोलाकार टापुहरूमा राखिएको ट्रिपल क्यामेरा सेटअप छ । प्राथमिक शुटर : 200 MP क्यामेरा र अल्ट्रावाइड : 12MP लेन्स माथिल्लो टापुमा उपस्थित छन्, जबकि 2 MP डेप्थ सेन्सर र LED फ्ल्यास तल्लो भागमा राखिएको छ । सेल्फी क्यामेरामा भने f/2.4 एपर्चरको ५० एम पीको लेन्स छ ।
ब्याट्री र चार्जिङ
अनर ९० मा एक प्रभावशाली 5000mAh लिथियम पोलिमर ब्याट्री रहेको कम्पनीले जनाएको छ । जसले ब्याट्रीलाई 20 मिनेटमा 3% देखि 50% सम्म चार्ज गर्न सक्छ।
मूल्य र उपलब्धता
सेल्ट्रोन नेपालले अनर ९० को (१२+२५६) जीबी भेरियन्टको लागि रु. ५८ हजार ९९० र (१२+५१२) जीबी संस्करणको लागि रु. ६३ हजार ९९० तोकेको छ, जसमा ग्राहकले रु. २१ हजार ९९० को HONOR Watch 4 लाई मात्र रु ५ हजारमा पाउन सक्नेछन्।
यसैबीच, ग्राहकहरूले (८+२५६) जीबी भेरियन्टको अनर ९० लाइट फाइब जी रु. ३१ हजार ९९० मा पाउन सक्नेछन् भने प्रत्येक अनर ९० लाइट फाइब जीको प्रि-बुकिङमा रु. ५ हजार ९९० को HONOR Earbuds X5 नि:शुल्क पाउनेछन् ।
प्रि-बुकिङ अवधि एक हप्ताको लागि राखिएको छ । इच्छुक ग्राहकले यही साउन ३० गते (अगस्ट १५) सम्म प्रि-बुकिङ गर्न पाउनेछन् । ग्राहकहरूले अनलाइन र अफलाइन दुवै प्लेटफर्महरूबाट स्मार्ट फोन प्रि-अर्डर गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।