काठमाडौं । थाइल्याण्डको बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी दुसित इन्टरनेशनलको चेन होटल दुसित प्रिन्सेस काठमाडौंमा किबु स्काई लाउन्ज अनावरण गरिएको छ ।
होटलको माथिल्लो तलामा अवस्थित लाउन्जमा रोजेर कोठाभित्र वा खुला आकाशमुनि बस्ने तथा डिजेको आनन्द लिन सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो लाउन्जमा बसेर काठमाडौं शहरको मनमोहक दृश्यको आनन्द लिन सकिनेछ ।
यस्तै विशेष खालका ककटेल र जापानी, इटालियन स्वाद अनुसारका परिकारको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । लाउन्जके विशेषताका रुपमा लामो बार र साथमा ठूलो डिजिटल स्क्रिन पनि छ ।
‘हामी किबु स्काई लाउन्जलाई काठमाडौंका र बाहिरका समुदायबीच प्रस्तुत गराउन पाउँदा उत्साहित छौं,’ दुसित प्रिन्सेस काठमाडौंका प्रबन्ध निर्देशक दोर्जे लामा भन्छन्, ‘प्राइम ठाउँमा माथिल्लो तलामा रहेको लाउन्जबाट देखिने मनोरम दृश्यको अद्वितीय मिश्रण, सिद्धहस्त तरिकाले तयार पेय पदार्थ र उत्तम स्वादका खानाले अविस्मरणीय सन्ध्याकालको चाहना गर्नेहरूका लागि यो एक आदर्श गन्तव्य बनेको छ ।’
लाउन्ज हरेक दिन बेलुका ५ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन हुने बताइएको छ ।