चितवन । महालक्ष्मी बैंकले देशका आधा दर्जन संस्थासँग छूट सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई छूट दिन स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रसँग समन्वय गरी सम्झौता गरेको हो ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न ६ ओटा संस्थाले प्रदान गर्ने सेवाहरूमा विशेष छूट प्राप्त गर्न सक्ने छन् । जसअनुसार पर्साको वीरगन्जस्थित मंगलम डायग्नोसिस सेन्टरको प्याथोलोजी परीक्षणमा १० प्रतिशत छूट सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस्तै, बाराको सिमरस्थित होटल क्विक-२० एन्ड रिभर साइड प्रालिको सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडास्थित रिगल हेटौंडा रिसोर्ट प्रालिमा १५ प्रतिशत, कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल प्रालिमा २० प्रतिशत, मकवानपुरको हेटौंडास्थित विशुद्ध मोमोचामा १० प्रतिशत र चितवनको भरतपुरस्थित कविलास रिसोर्ट एन्ड फन पार्कमा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।