ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनको फोर्ब्स कलेजलाई बेलायतबाट आईएसओ प्रमाणपत्र 

२०८० साउन, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । भरतपुरमा रहेको फोर्ब्स कलेजले बेलायतबाट आईएसओको प्रमाणपत्र प्राप्त गरेको छ । कलेजका झण्डै दुई दर्जन गुणस्तरीयता मापनका सूचकहरूको आधारमा बेलायतको ‘यूके इन्टरनेशनल सर्टिफिकेसन लिमिटेड (यूकेआईसीएल) ले आईएसओ प्रमाणपत्र गत महीना प्रदान गरेको हो । 

कलेजले पोल्याण्डको युनिभर्सिटी अफ कम्प्युटर साइन्सेस र स्किल्सबाट विभिन्न विषय पढाउन सम्बन्धन प्राप्त गरेको छ । संस्थाले हरेक वर्ष कलेजको अनुगमन गरेर ती सूचकहरूको अवस्थाबारे मापन गर्ने गरेको छ । 
होटल व्यवस्थापनमा स्नातक (बीएचएम) र कम्युटर विज्ञान (बीसीएस) पढाउँदै आएको कलेजका विद्यार्थीको प्रमाणपत्रमा पनि आईएसओ लोगो अंकित हुने भएकोले देश तथा विदेशमा रोजगारी र शिक्षामा सहयोग पुग्ने  कलेजले विश्वास लिएको छ । 

कलेजका प्रिन्सिपल हरि पाठकले व्यावहारिक ज्ञानसहितको शिक्षा, पढ्दै कमाउने वातावरण र व्यावसायिक प्रमाणपत्र दिने काम कलेजले गरेकाले कलेज विद्यार्थीको रोजाइमा परेको बताए । ‘कम्प्युटर विज्ञानमा साइबर सुरक्षा हामीले मात्र पढाउने गरेका छौं,’ उनले भने, ‘कलेजका सय जना विद्यार्थी अहिले पनि होटलहरू र आईटी कम्पनीमा काम गर्दै पढिरहेका छन् ।’ यसको साथै विद्यार्थीहरूलाई रोजगारीको लागि समन्वय  गर्दै आएको उनले बताए ।

प्रमाणपत्रमा यूकेआईसीएलले कलेजको शैक्षिक सेवा, प्राविधिक इन्टरनेटमा आधारित सिकाइ, गुणस्तरीय शिक्षा, प्राज्ञिक र अतिरिक्त क्रियाकलाप, परीक्षा, मूल्यांकन पद्धति, चमेना गृह र खानाको गुणस्तर, तालिम, कार्यशाला, आपतकालीन तयारी, प्राज्ञिक र व्यावसायिक मूल्य, मान्यतालाई हेरेर सो प्रमाणपत्र उपलब्ध गराएको उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)