ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता, नतिजाको पूर्वानुमान गरे पुरस्कार ! 

२०८० साउन, ३१  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जारी इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल आजियाटा लिमिटेडले  एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ ।

प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरूले साप्ताहिकरूपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ‘ग्रान्ड प्राइज’ (मुख्य पुरस्कार) जित्ने कम्पनीले जानकारी दिएको छ । यसका लागि एनसेल एप प्रयोगकर्ताहरूले ईपीएलका खेलहरूको आधारमा साप्ताहिकरूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्नुपर्नेछ ।  

प्रतियोगितामा भाग लिन एनसेलको एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरू भरेर खेलको पूर्वानुमान गर्न सकिने कम्पनीले जनाएको छ । 

एनसेलका अनुसार प्रतियोगिताअन्तर्गत ग्राहकहरूलाई साप्ताहिकरूपमा बोनस प्रश्न पनि सोधिने छ, जसको सही जवाफमा १० अंक संकलन गर्न सकिनेछ भने केही पुरस्कार पनि प्राप्त गर्न सकिनेछ । 

मुख्य पुरस्कारका रूपमा पहिलो हुनेले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महीनासम्म प्रत्येक महीना २५० जीबी डाटा सेवा पाउनेछ । दोस्रो पुरस्कार जित्ने ग्राहकले ६ महीनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महीना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसैगरी तेस्रो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहीना २५० जीबी डाटा तीन महिनासम्म पाउनेछ ।

यससँगै विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ । 

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरूलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिने एनसेलले जानकारी दिएको छ । 

एनसेलका अनुसार साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली विजेताहरूलाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा रु. ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन्, जुन २८ दिनको लागि मान्य रहन्छ ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फतमार्फत प्रदान गरिनेछ । पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा गोलाप्रथाको आधारमा विजेता छनोट एनसेलले जानकारी दिएको छ । प्रतियोगितामा सहभागीहरूले विजयी टोली मिलाउन सफल भएमा ३ अंक र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्नेछन् ।  

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य छन् । ईपीएल खेलहरूको पुर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । यो कम्पनी सन् २००४ मा स्थापना भएको हो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)