चितवन । उद्योग वाणिज्य संघ, चितवन र चितवन मिडटाउन रिसोर्ट (सीएमटी)बीच छूटसम्बन्धी सम्झौता भएको छ ।
उद्योग वाणिज्य संघ, चितवन र सीएमटीबीच मंगलबार २० प्रतिशत छूट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा संघका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन मिड टाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले आफ्ना सदस्यलाई दिने सेवा–सुविधा वृद्धि गर्नको लागि संघ प्रयत्नशील रहेको बताए । उनले हस्पिटालिटी सेवामा छूट उपलब्ध गराउने सीएमटीप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष राजेन्द्र ओली, कार्यसमिति सदस्य नारायण प्रधान, धनप्रसाद पोखरेल, कार्यकारी निर्देशक निलबहादुर केसी र सीएमटीका सञ्चालन प्रबन्धक तेजेन्द्र शर्माको उपस्थिति थियो ।