ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तोलामा ८०० रुपैयाँ घट्यो सुनको भाउ, कति छ बजार मूल्य ?

२०८० साउन, ३२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीवार) सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ११ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । 

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँ घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । 

अन्तरराष्ट्रिय बजारमा भने अहिले सुनको मूल्य बढ्दो क्रममा छ । न्युयोर्क मर्कण्टाइलको कोमेक्स डिभिजनमा आज (नेपाली समय अनुसार दिउँसो १ बजे) सुन प्रतिऔंस १ हजार ८९६ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ ।

हिजो बजार बन्द हुँदा सुनको भाउ १ हजार ८९६ दशमलव ३६ डलर थियो । हिजोको तुलनामा आज (दिउँसो १ बजे) सुनको भाउ ३ दशमलव २४ प्रतिशतले बढिसकेको छ । 

आज अमेरिकी डलरको विनिमय दर १३३ रुपैयाँ ०३ पैसा छ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)