ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामसङ नेपालद्वारा नारायणगढमा रिटेलर मिट 

२०८० साउन, ३२  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

चितवन । ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपश्चात् सामसङ नेपालले नारायणगढमा रिटेलर मिट गरेको छ । रिटेलर मिटमा सामसङका नयाँ फोल्डयोग्य मोबाइल फोनको कारोबार गर्ने डेढ दर्जन व्यापारी साझेदारहरूको सहभागिता थियो । 

कार्यक्रममा हालै विक्री शुभारम्भ गरिएका नयाँ मोडलहरू ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरू पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भ्युइङ, सेल्फी र आइपिएक्स ८ रेटिङबारे छलफल गरिएको सामसङ नेपालले जनाएको छ । 

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्नेगरी सावधानीपूर्वक निर्माण गरिएको र मुख्य स्क्रिन सक डिस्पर्सन तहका साथ जडान एवं अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप–५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण भएकाले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्ने सामसङले जनाएको छ । तीन प्रकारका रंगमा उपलब्ध रहेको यसको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै, वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड–५ कालो र निलो गरी दुई रंगमा उपलब्ध छ । १२ जिबी मेमोरीसहित २५६ जिबीको मूल्य २ लाख २६ हजार ९९९ र १२ जिबी मेमोरीसहित ५१२ जिबीको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ कायम गरिएको सामसङले जनाएको छ । यस स्मार्टफोनको यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरूले २५ हजार रुपैयाँसम्मका आकर्षक उपहारहरू रोज्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना सात हजारसम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ ओटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देशभर २०० भन्दा बढी पसलहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)