काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले मंगलवार अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंकका (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६८ पैसा र विक्री दर १३३ रुपैयाँ २८ पैसा तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६७ पैसा र विक्री दर १३३ रुपैयाँ २७ पैसा कायम भएको थियो ।
आज युरोको (Euro) भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ ५९ पैसा र विक्री दर १४५ रुपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन युरो खरीदको दर १४४ रुपैयाँ २७ पैसा र विक्री दर १४४ रुपैयाँ ९२ पैसा थियो ।
त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ भने घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २६ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २२ पैसा र विक्री दर १८ रुपैयाँ ३० पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?