ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० भदौ, ६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवार अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६८ पैसा र विक्री दर १३३ रुपैयाँ २८ पैसा कायम भएको थियो ।

आज युरो (Euro)को भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १४४ रुपैयाँ १४ पैसा र विक्री दर १४४ रुपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ ५९ पैसा र विक्री दर १४५ रुपैयाँ २५ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १५ पैसा र विक्री दर १८ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २६ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)