काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले बिहीवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange Rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ र विक्री दर १३२ रुपैयाँ ६० पैसा तोकेको छ ।
अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ रुपैयाँ कायम भएको थियो ।
आज युरो (Euro)को भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ६५ पैसा र विक्री दर १४३ रुपैयाँ २९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४४ रुपैयाँ १४ पैसा र विक्री दर १४४ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, आज चिनियाँ युआन (Chinese Yuan) को भाउ भने बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १० पैसा र विक्री दर १८ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १५ पैसा र विक्री दर १८ रुपैयाँ २३ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?