काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले मंगलवार अमेरिकी डलर (Dollar)को विनिमय दर (Exchange rate) घटाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ९२ पैसा र विक्री दर १३२ रुपैयाँ ५२ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ९४ पैसा र विक्री दर १३२ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।
आज युरो (Euro)को भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४२ रुपैयाँ ६२ पैसा र विक्री दर १४३ रुपैयाँ २७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ ५२ पैसा र विक्री दर १४३ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी आज चिनियाँ युआन (Chinese Yuan) को भाउ भने घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ ०९ पैसा र विक्री दर १८ रुपैयाँ १७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १० पैसा र विक्री दर १८ रुपैयाँ १८ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?