काठमाडौं । कुमारी बैंकका ग्राहक र कर्मचारीले काठमाडौंको मिराकल स्किन, हेयर एण्ड एस्थेटिक क्लिनिकमा पहिलो कन्सल्टेसन निःशुल्क पाउने भएका छन् । गत बुधबार बैंक र क्लिनिकबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
क्लिनिकका म्यानेजिङ डाइरेक्टर डा. मोहन भुसालले बैंकका कर्मचारीलाई उपचारमा २० प्रतिशत र ग्राहकलाई १० प्रतिशत छूटको व्यवस्था गरिएको जानकारी दिए । बैंकका कर्मचारीले दोस्रो र तेस्रो कन्सल्टेसनमा पनि २५ प्रतिशत छूट पाउने उनको भनाइ छ ।
साथै उनले कपाल प्रत्यारोपणमा ३ लाखसम्मको उपचारमा ईएमआईको सुविधा दिइएको जानकारी दिए । यसले आर्थिक अभावका कारण उपचार गर्न नसक्नेलाई राहत दिएको उनको दाबी छ ।