काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९४४ डलरमा कारोबार हुँदैछ ।