काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजी फुड्स नेपालले कुरिलोको स्वादमा ‘सोल्टी इन्स्ट्यान्ट नूडल्स’ बजारमा ल्याएको छ । कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताको पहिलो रोजाइ बन्ने कम्पनीको विश्वास छ ।
बहुउपयोगी र स्वास्थका हिसाबले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स (कुरिलोको टुव्रmा, हरियो मटर र च्याउ) मिसाइएको हुँदा अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीको दाबी छ ।
आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको यो चाउचाउको उपभोक्ता मूल्य रू. २५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रू. २० रहेको बताइएको छ ।