काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य र होटल तथा रेष्टुराँ क्षेत्रका विभिन्न संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ छूटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता पश्चातमहालक्ष्मी बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त संस्थाहरूका विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने बताइएको छ ।
सम्झौता अनुसार काठमाडौंको केटेश्वरस्थित सूर्य जनसेवा हेल्थ केयरका सेवामा २० प्रतिशतसम्म छूट, गैडहवास्थित सूर्यपुरा पोलिक्लिनिकका सेवामा ओपीडी निशुल्कसहित १० प्रतिशतसम्म, काठमाडौंको न्यूरोडस्थित कर्नर पोइन्ट रेष्टुरेन्टका सेवामा १० प्रतिशत, न्यूरोडकै इ–रिभल्भिङ इण्डियन कजिन रेष्टुरेन्टका सेवामा १० प्रतिशत र इटहरीको गंगा जमुना युनिसेक्स सैलुनका सेवामा १० प्रतिशत छूट पाइने बताइएको छ ।