ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य

२०८० असोज, २  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्स सहकार्य गरेका छन् । सहकार्यले नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै सस्तो टिकट्सको इन–एप बुकिङका साथले नेपाल यात्रा अझ सुविधाजनक बनाउने बताइएको छ । 

अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सृजनात्मक च्याटबटको शुरुआत गरेको र जसले नेपाली र अन्तरराष्ट्रिय यात्रुले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ ।

यो सहकार्यमा विभिन्न अफर समेत सार्वजनिक गरिएको छ । उडान र आवासको पूर्ण सुविधासहित दुईजनाको लागि थाइल्याण्डको यात्रा, आन्तरिक उडानतर्फ १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकट, पोखराका होटलको आवास शुल्कमा १५ प्रतिशत छूट, माउन्टेन फ्लाइटमार्फत हिमाल अवलोकन लगायतका अफर रहेको बताइएको छ । 

सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले राकुटेन भाइबरसँगको सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको बताए । राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भाइबरको उद्देश्य सधैं प्रयोगकर्ताहरूको अनुभव बढाउनु रहेको बताए । सस्तो टिकट्ससँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)