ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य घट्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० असोज, ४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुधवार 'अल टाइम हाई' बनाएको अमेरिकी डलरको मूल्य बिहीवार (आज) घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६२ पैसा र विक्री दर १३३ रुपैयाँ २२ पैसा तोकेको छ ।

अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा र विक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम भएको थियो । राष्ट्र बैंकले बुधवार तोकेको डलरको विनिमय दर हालसम्मकै उच्च हो ।

आज युरोको भाउ भने बढेको छ । आज प्रतियुरोको खरीद दर १४१ रुपैयाँ ९२ पैसा र विक्री दर १४२ रुपैयाँ ५७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४२ रुपैयाँ ३१ पैसा र विक्री दर १४२ रुपैयाँ ९५ पैसा थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ भने घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २६ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ २३ पैसा र विक्री दर १८ रुपैयाँ ३२ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)