ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमय दर ?

२०८० असोज, ५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) अमेरिकी डलरको विनिमय दर बढाएको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६५ पैसा र विक्री दर १३३ रुपैयाँ २५ पैसा तोकेको छ ।

अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६२ पैसा र विक्री दर १३३ रुपैयाँ २२ पैसा कायम थियो ।

आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीद दर १४१ रुपैयाँ २६ पैसा र विक्री दर १४१ रुपैयाँ ९० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ ९२ पैसा र विक्री दर १४२ रुपैयाँ ५७ पैसा थियो ।

त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १८ पैसा र विक्री दर १८ रुपैयाँ २६ पैसा थियो ।

कस्तो छ अन्य मुद्राको विनिमय दर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)