चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनमा ‘दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न गरेको छ । कन्भेन्सन देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरूसहित करीब दुई सयभन्दा बढी सहभागी थिए ।
कन्भेन्सनमा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराई, सदस्यहरू नन्द किशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत पदाधिकारीहरू उपस्थित भएका थिए ।
कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा देशभरका उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरूलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वाेत्कृष्ट ३ जनालाई अध्यक्षले ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीतिसम्बन्धी ज्ञान पाउँदा उत्साहित भएको सहभागीहरूले बताए ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरू पालना गर्नुपर्नेमा जोड दिएका थिए । कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कम्पनीको बृहत्तर हित र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको कुरा जानकारी गराएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको मर्जरपश्चात कम्पनीले हरेक सूचकहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको बताए ।