ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

२०८० असोज, ५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)को अध्यक्ष विश्वम्भर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । 

उनी माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । अध्यक्ष पदमा नियुक्त हुनुअघि उनी नेप्समा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएको बैंकद्वारा शुक्रवार (आज) जारी विज्ञप्तिमा उल्ल्ेख छ । 

१९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध रहेका उनीसँग बैंकिङ्ग क्षेत्रको २५ वर्षभन्दा बढीको अनुभव छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)