काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ६५ पैसा र विक्री दर १३३ रुपैयाँ २५ पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १४० रुपैयाँ ८६ पैसा र विक्री दर १४१ रुपैयाँ ५० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४१ रुपैयाँ २६ पैसा र विक्री दर १४१ रुपैयाँ ९० पैसा थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि घटेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १३ पैसा र विक्री दर १८ रुपैयाँ २१ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?