काठमाडौं । रोटरी क्लब अफ नक्साल शक्तिले ‘फेस्टिभल एक्स्पो’ गर्ने भएको छ । क्लबले आगामी असोज १२ र १३ गते काठमाडौंमा‘फेस्टिभल एक्स्पो’ गर्न लागेको क्लबकी चार्टर प्रेसिडेन्ट डा. लुना शर्मा अर्यालले जानकारी दिइन् । एक्स्पो यो दोस्रो शृंखला हो, गतवर्ष पनि क्लबले एक्स्पोको आयोजना गरेको थियो ।
नेपाली उत्पादन र व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यका साथ एक्स्पोको आयोजना गरिएको अर्यालले बताइन् । एक्स्पोबाट उठेको रकम दुर्गम क्षेत्रका विद्यालयमा छात्रामैत्री शौचालय निर्माण र समुदायस्तरमा महिलाहरूलार्य सूचनाको हकसम्बन्धी कार्यक्रम सचेतना कार्यक्रम गरिने उनले बताइन् । महीनावारीको समयमा सरसफाई तथा स्वच्छतामा काम गर्नुका साथै सूचनाको हकले घरेलु हिंसा र कानूनी अधिकारका सन्दर्भमा सहयोग पुग्ने उनको अपेक्षा छ ।
एक्स्पोमा सबैखालमा उत्पादन र सेवाको प्रदर्शनी रहने बताइएको छ । विशेष गरी मेडिकल इक्वीपमेन्ट, विभिन्न स्वास्थ्य जाँच तथा सेवा, फर्निचर, कार्पेटिङ, पेय पदार्थ, खानाका स्टल लगायत रहने आयोजकको भनाइ छ । एक्स्पोमा अवलोकनकर्ताले फाइदा उठाउने गरी निशुल्क स्वास्थ्य जाँच लगायतका क्रियाकलापमा गरिने प्रेसिडेन्ट अर्यालले बताइन् ।