काठमाडौं । मोबाइल फोन इम्पोर्टस् एशोसियशनमा पुरानै कार्यसमितिलाई निरन्तरता दिइएको छ । गत बुधवार सम्पन्न एशोसियशनको सातौं वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि दीपक कुमार मलहोत्रा नेतृत्वको ९ सदस्यीय पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा प्रभाकर थापा छन् ।
साधारण सभामा समितिका उपाध्यक्ष अग्रवालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव अग्रवालले गत आर्थिक वर्षमा एशोसियशनले गरेका कामको गतिविधिबारे जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष थापाले गत आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।