काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार अमेरिकी डलरको विनिमय दर स्थिर राखेको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ४० पैसा र विक्री दर १३३ कायम भएको थियो ।
आज युरोको भाउ बढेको छ । आज प्रतियुरोको खरीद दर १४१ रुपैयाँ ०६ पैसा र विक्री दर १४१ रुपैयाँ ७० पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १४० रुपैयाँ ८६ पैसा र विक्री दर १४१ रुपैयाँ ५० पैसा थियो ।
त्यसैगरी, आज चिनियाँ युआनको भाउ पनि बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १४ पैसा र विक्री दर १८ रुपैयाँ २२ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १३ पैसा र विक्री दर १८ रुपैयाँ २१ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?