ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

२०८० असोज, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रूपन्देहीको बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ । कार्यालय बुटवल उप महानगरपालिका–६, अमरपथमा स्थानान्तरण भएको हो ।

शाखा कार्यालयको औपचारिक उद्घाटन सोमवारका संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत लोहनीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्त्वको विषयमा स्पष्ट पारेका थिए ।

१३ शाखा संख्या रहेको संस्थाले अर्को वर्ष थप शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । संस्थाले निःशुल्क मोबाइल बैंकिङ डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ लगायत सेवा सञ्चालनमा रहेको बताएको छ । 

निक्षेपमा उच्चतम १२ दशमलव ७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)