काठमाडौं । सानिमा बैंकका ग्राहकले बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्यांकन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्यांकन गर्न यो सुविधा ल्याएको बताइएको छ ।
यसअन्तर्गत, सेवाग्राहीले बैंकको सेवाको अनुभव मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले यसको लागि सम्पूर्ण कार्यालयको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआरकोड उपलब्ध गराएको जानकारी दिएको छ । उक्त क्यूआरकोड स्क्यान गरी ग्राहकले तत्कालै मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् ।
बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले सुविधा ल्याएको जानकारी दिएको छ । बैंकका सातै प्रदेशमा १३२ शाखा कार्यालय तथा १२३ एटीएम सञ्चालनमा छन् ।