ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वार्षिकोत्सवमा एनसेलको ‘पर्पल किकअफ’

२०८० असोज, ८  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । यसअन्तर्गत शनिवार र आइतवार गरी चार खेल भएका थिए ।

कम्पनीको ब्रान्ड थिम ‘आज, भोलि, सधैं सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईकै लागि’ अनुरुप सेभेन ए साइड फुटबल मैदानमा यी खेलहरु आयोजना गरिएको बताइएको छ । 

पर्पल किकअफमा चर्चित नेपाली कलाकार, भेटरान फुटबल खेलाडी, युवा उद्यमी, खेलकुद पत्रकार र स्थानीय युवा क्लबका खेलाडीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ । मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान र ग्राहकसँग अन्तरक्रिया गर्न सेलिब्रेटीको एनसेल सेन्टरमा भ्रमणलगायत कार्यक्रम रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)