काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७६ औं वार्षिकोत्सवको अवसरमा दुई दशकभन्दा बढी सेवा गरेका १७ जना कर्मचारीहरूलाई सम्मान गरेको छ ।
काठमाडौं, कमलादीस्थित प्रधान कार्यालयमा भएको वार्षिकोत्सवमा कम्पनीले २५ वर्ष सेवा अवधि पुगेका ७ जना कर्मचारीहरूलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरूलाई प्रशंसा पत्रले सम्मान गरेको हो ।
वार्षिकोत्सव कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा सोमवार (आज) वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य दिएका थिए ।
हाल कम्पनीले देशका विभिन्न क्षेत्रहरूमा ५९ ओटा कार्यालय र ३ ओटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरूबाट सेवा दिइरहेको जानकारी दिएकाे छ ।