काठमाडौं। एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई महाप्रबन्धकमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने कम्पनीको अपेक्षा छ । चार्टर्ड एकाउन्टेन्ट ढुंगानाले एसीसीएबाट आइएफआरएसमा डिप्लोमा गरेका छन् । ढुंगानाको लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढीको अनुभव रहेको बताइएको छ । उनले क्यापिटलमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा समेत काम गरेका थिए । नबिल इन्भेष्टमेण्ट बैंकिङमा चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेको अनुभव उनीसँग रहेको बताइएको छ । उनले नयाँ भूमिकामा बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउनेमा विश्वस्त रहेको बताए ।