ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईईएलटीएसले शुरू गर्‍यो ‘वन स्किल रिटेक’

२०८० असोज, ९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा ‘वन स्किल रिटेक’ (एउटै मात्र शीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातीत नतीजा प्राप्त गर्न नसकेका परीक्षार्थीले सबै खालका शीपमा दोहोर्‍याएर परीक्षा दिनुनपर्ने भएको छ । वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहोर्‍याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थी सफल हुने सम्भावना बढ्ने बताइएको छ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै शीपको परीक्षामा पनि यो अवसर प्राप्त हुने संस्थाको भनाइ छ । 

परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत शीप जाँचे जस्तै हुने, तर परीक्षार्थीले अन्य तीन शीपको परीक्षा दिन भने आवश्यक नहुने बताइएको छ । आईईएलटीएस प्रयोगकर्ताले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए । ‘अंग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीलाई त्यो एउटा शीपमा दोहोर्‍याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौं,’ उनले भने । 

परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने संस्थाको प्रतिबद्धतालाई बलियो बनाउन उसले सघाउने उनको भनाइ छ । आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । पाएको अंकका आधारमा परीक्षार्थीले दोहोर्‍याएर दिएको शीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि शुरूको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिने बताइएको छ । ‘नेपालमा आईईएलटीएस परीक्षार्थीलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौं,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)