ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको २५ प्रतिशत क्यासब्याक आफर

२०८० असोज, १०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि कार्डमार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (रू. ५०० सम्म) क्यासब्याक प्राप्त गर्ने बताइएको छ । 

कात्तिक ३ सम्म चल्ने यस अभियानअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकको सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ । बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)