ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टुरिजम रिसर्चको सम्मेलन सम्पन्न

२०८० असोज, १०  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। जिटिटिपी नेपाल तथा टुरिजम रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युटको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । इन्स्टिच्युटले नेपाल पर्यटन बोर्ड, युएनडीपी अन्तर्गतका परियोजनाको सहयोगमा देशभरमा हालसम्म १०० ओटा पर्यटन क्लबको गठन गरेको छ । गत वर्षसम्म यस्ता क्लबको संख्या १८ थियो ।

काठमाडौंमा सम्पन्न भएको सम्मेलनमा इन्स्टिच्युटले अन्तरराष्ट्रिय पर्यटन विज्ञमा लिजा चोग्याललाई विशेष सल्लाहकारमा चयन गरेको छ । पर्यटन अभियन्ता सचिन न्यौपाने र सिर्जना ओलीलाई ‘टुरिजम युथ एम्बासडर’ घोषणा गरिएको छ । कार्यक्रममा अर्पणा भण्डारी र रोसा फुयाललाई ‘टुरिजम स्टुडेन्ट एम्बासडर’ घोषणा गरिएको थियो । यस्तै कार्यक्रममा मधेश प्रदेशको कला, संस्कृति र पर्यावरणको क्षेत्रमा काम गरेका देवनारायण मण्डललाई सम्मान प्रदान गरिएको थियो । 

यस्तै, गैंडाकोटको विजय सामुदायिक शिक्षा सदनमा रहेको टुरिजम क्लबलाई ‘बेस्ट टुरिजम क्लब’ र गठ्ठाघरको ग्लोबल पाठशाला स्कुलको टुरिजम क्लबलाई ‘एक्टिभ टुरिजम क्लब’ अवार्डबाट सम्मान गरिएको छ । कार्यक्रममा जिटिटिपी ट्राभल फोटो कन्टेस्टका विजयी पोखरा बालोदय स्कुलकी मेनुका विके र काठमाडांै नेपाल एफिएफ स्कुलकी मोविज्ञा घलेलाई १००/१०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)