ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल–वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र सहकार्य

२०८० असोज, १०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सहकार्य हुने भएको छ । ‘लोन लस ग्यारेन्टी’का लागि दिगो ऊर्जा चुनौती कोषअन्तर्गत नवीकरणीय क्षेत्रमा लगानी गर्न सम्झौता भएको बताइएको छ ।

सम्झौताले देशमा नवीकरणीय ऊर्जा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको छ । दिगो पहलका लागि कर्जा प्राप्त गर्दा ‘लोन लस ग्यारेन्टी’ सुविधाले धितोको आवश्यकता कम गर्ने अपेक्षा गरिएको छ । यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत पर्ने बताइएको छ । यसले कर्जाका लागि २० प्रतिशत ग्यारेन्टी जोखिम वहन गरिदिने सम्झौतामा उल्लेख छ ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम निजीक्षेत्रमार्फत नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगानी बढाउन र विश्वव्यापी ऊर्जा पहुँच विस्तारमा प्रतिबद्ध रहेको बताइएको छ । कार्यक्रमले सक्षम र दिगो नीति, योजना, कानून निर्माणमा सहजीकरण गर्ने बताइएको छ । सम्झौतामा हस्ताक्षर समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग बैंकले गरेको सम्झौता साझेदारीको शुरुआत मात्र भएको बताए । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस वर्षको शुरूमा काठमाडौंमा ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर नेपाल’ आयोजना गरेको थियो, जुन नेपालका लागि लगानीको अन्तर घटाउने वित्तीय औजारमा केन्द्रित रहेको बैंकले स्मरण गरेको छ । विश्वव्यापी रूपमा बैंकले यस दशकको अन्त्यसम्ममा ३०० बिलियन डलर ग्रीन/ट्रान्जिसन फाइनान्स परिचालनमा दिगो वित्तको दायरा र पहुँच विस्तारमा खर्चने योजनामा रहेको बताएको छ । बैंक दिगो आर्थिक वृद्धिलाई समर्थन, नवीकरणीय वित्तीय विस्तार र दिगो पूर्वाधारमा लगानी गर्न प्रयासरत रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)