काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) का लागि राजेन्द्रकुमार (आर.के.) शर्माले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । कतारको दोहामा बुधवार प्रत्याशी शर्माले २४ बुँदे वाचापत्र सार्वजनिक गरेका हुन् । ‘गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान’ मूल नारा समेटेर शर्माले २४ महीने कार्यकालमा गर्ने २४ कार्ययोजना समेटेर वाचापत्र सार्वजनिक गरेका हुन् । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा योजना तथा कार्यक्रम ल्याएको बताए ।