ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई वायुसेवा कम्पनीका तीन हेलिकोप्टर उडानमा रोक

२०८० असोज, १२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुईओटा वायुसेवा कम्पनीका तीनओटा हेलिकोप्टर उडानमा रोक लगाएको छ । प्राधिकरणले बिहीवारदेखि नै लागू हुने गरी श्री एयरलाइन्सको एउटा हेलिकोप्टर र फिस्टेल हेलिकोप्टर (एएस ३५० बी ३ ई)का दुईओटा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

अर्काे सूचना जारी नहुँदासम्म प्राधिकरणले ती हेलिकोप्टर उडानमा रोक लगाएको छ । सोलुखुम्बु उडानका क्रममा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको हो । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा हेलिकोप्टर उडान/अवतरणका क्रममा भिजुअल फ्लाइट रुल्स (भीएफआर) मापदण्ड पालना नगरेको भन्दै प्राधिकरणले रोक लगाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यस विषयमा शुक्रवारदेखि अनुसन्धान शुरू गरिने र त्यसका लागि समिति गठन समेत हुने जानकारी दिए । मौसम बिग्रेको अवस्थामा पनि ती हेलिकोप्टर उडान गरेको र पटक पटक उडान अवतरण गरेको पाइएको उनले बताए । मौसम प्रतिकूलतामा पनि उडान गरेपछि प्राधिकरणले गम्भीर लापरबाहीको रूपमा लिएको हो । फिस्टेल एयरसँग चारओटा हेलिकोप्टर छन् । तीमध्ये एएस ३५० बी ३ ई फ्लीटका दुई हेलिकोप्टरलाई उडान प्रतिबन्ध लगाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)