काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले संखुवासभाको चैनपुर र झापाको बिर्तामोडमा शोरुम उद्घाटन गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक विक्रेता लक्की सप्लायर्सको र झापामा आफ्नो आधिकारक विक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुमहरू उद्घाटन गरेको हो । दुवै शोरुमहरूको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरे ।
गल्फ लुब्रिकेन्टको उपलब्धता सहज बनाउने लक्ष्य अनुसार नयाँ शोरुम सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।