काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरूको प्रमुख चाड बडादशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।
यस अवसरमा बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ । २६ लाखको बीमा सुविधाअन्तर्गत परिवारका ४ जना सदस्यलाई रू. एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ । साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छूट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्नेछ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरूमा रू. २० हजारको मेडिकल बीमा सुविधा प्रदान गर्नेछ । बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बीमा प्रदायक कम्पनीको रूपमा सहकार्य गर्दै आएको छ ।
२२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।