काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विनिमय दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ८४ पैसा र विक्री दर १३३ रुपैयाँ ४४ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ५७ पैसा र विक्री दर १३३ रुपैयाँ १७ पैसा कायम भएको थियो ।
आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीद दर १३९ रुपैयाँ १२ पैसा र विक्री दर १३९ रुपैयाँ ७५ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीद दर १३९ रुपैयाँ ६६ पैसा र विक्री दर १४० रुपैयाँ २९ पैसामा कारोबार भएको थियो ।
त्यसैगरि, आज चिनियाँ युआनको भाउ भने बढेको छ । आज १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १९ पैसा र विक्री दर १८ रुपैयाँ २८ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनियाँ युआनको खरीद दर १८ रुपैयाँ १६ पैसा र विक्री दर १८ रुपैयाँ २४ पैसा कायम भएको थियो ।
कस्तो छ अन्य मुद्राको विनिमय दर ?